Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


बर्दियामा छोराद्वारा बुबाको कुटपिट गरी हत्या


1.1k
Shares

बर्दिया। बर्दियाको राजापुर नगरपालिका–३, सेन्द्रामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ।

आइतबार राति ४६ वर्षीय कल्लु थारुको उनका छोरा राजेन्द्र थारुले कुटपिट गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बुबा र छोराबीच नियमित रूपमा विवाद हुने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सोही क्रममा आइतबार राति भएको कुटपिटबाट कल्लुको मृत्यु भएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This