काठमाडौं । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो साढे चार बजेदेखि उद्घाटन समारोहसँगै प्रतियोगिताको सुरुआत हुनेछ। उद्घाटनकै दिन प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको सफलताको कामना गर्दै एनपीएललाई छोटो समयमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा स्थापित भएको प्रतियोगिता उल्लेख गर्दै शुभकामना पनि दिनुभएको छ।
झण्डै एक महिनासम्म सञ्चालन हुने प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन नेपाल क्रिकेट संघ (क्यान) ले यस संस्करणमा केही नयाँ व्यवस्था लागू गरेको छ। पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोगमा ल्याइँदैछ भने विदेशी स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगिताको आकर्षण पनि बढाएको छ।
यस संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।










प्रतिक्रिया दिनुहोस्