सर्लाही । बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका राजिव तामाङको मृत्यु भएको हो।
तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।










प्रतिक्रिया दिनुहोस्