Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


करेन्ट लागेर महिलाको मृत्यु


0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ ।

आज विहान ११:३० बजेको समयमा घर नजिकै रहेको बिजुलीको पोलबाट झरेको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।

घटनापछि मृतकको शब पोष्टमार्टका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको प्रहरीले जानकारी दिएको छ ।

Skip This