Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सुरु


494
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ।

केन्द्रीय सदस्यका अन्य समूहको मतगणना पनि जारी छ। विभिन्न क्लस्टरको मतगणना भइरहँदा पदाधिकारीतर्फको गणना भने अन्तिम चरणमा पुगेको छ।

निर्वाचन समितिले बुधबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना प्रक्रियालाई तीव्रता दिएको जनाएको छ।