Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ


403
Shares

प्रकाश भट्ट, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा खुकुरी देखाएर धम्की दिँदै एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार असोज २३ गते दिउँसो करिब ४ बजे बेलौरी नगरपालिका–९ रतनपुरका एक व्यक्तिलाई खजुवा जंगलमा लगेर खुकुरी देखाउँदै धम्की दिई कुटपिट गरिएको थियो।

घटनाबारे असोज २४ गते दिउँसो इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।

डीएसपी रावतका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक वा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।