गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिकाअन्तर्गत सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ ।
आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीसँगै स्यार खोलामा पहिरोसमेत आएको स्थानीयले बताएका छन् ।
स्यार खोलामा पहिरोका कारण पानी थुनिएर एक्कासि बगेपछि बूढीगण्डकी नदीमा बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाढीका कारण पुल बगाएपछि सोती र मान्बुबीचको आवागमन प्रभावित भएको छ ।
बाढीबाट भएको थप क्षति तथा घटनाको विस्तृत विवरण आउन बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्