Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका लागि मतगणना सुरु भएको छ । खुला प्रतिस्पर्धातर्फका उम्मेदवारको मतगणना शनिबार साँझ साढे ७ बजेदेखि अघि बढाइएको हो ।

मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले सम्बन्धित पदका उम्मेदवारहरूसँग छलफल गरेको थियो । छलफलपछि उम्मेदवारहरूको उपस्थितिमा मतपेटिका खोलेर गणना प्रक्रिया अघि बढाइएको हो ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ । गणनास्थलमा सीसीटीभीको व्यवस्था गर्नुका साथै उम्मेदवारका प्रतिनिधिहरूको नाम संकलन गरेपछि प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

निर्वाचन समितिले मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक प्रबन्ध मिलाएर गणना अघि बढाएको छ ।