Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु


2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दुवै पदको मतगणना एकैसाथ अघि बढाइएको हो ।

मतगणना तीन छुट्टाछुट्टै स्थानमा भइरहेको छ । प्रत्येक गणनास्थलमा उम्मेदवारका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न पाउने व्यवस्था गरिएको छ ।

यसअघि सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सम्पन्न भएको थियो । उक्त मतपरिणामअनुसार गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको थयिो भने उहाँका प्रतिस्पर्धीले ३७५ मत प्राप्त गर्नुभएको थयिो ।

अब उपसभापति र महामन्त्री पदको मतगणना सकिएपछि ती पदका नतिजा सार्वजनिक हुनेछन् ।