Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


असन्तुष्ट नेता–कार्यकर्तालाई कांग्रेसमा फर्काउने गगन थापाको प्रतिबद्धता


91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पुनः कांग्रेसमा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै थापाले कांग्रेसप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलग भएका सबैलाई पुनः पार्टीमा फर्काउने आफ्नो योजना सुनाउनुभएको हो।

उहाँले पार्टी सञ्चालनको कार्यशैलीमा सुधार गर्दै नेता, कार्यकर्ता र समर्थकको विश्वास बलियो बनाउने पनि बताउनुभएको छ ।