Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कांग्रेसका बाँकी पदाधिकारीको मतगणना आज


364
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएसँगै अब अन्य पदाधिकारीको मतपरिणामको प्रतीक्षा छ। सभापति पदको मतगणना सकिए पनि उपसभापति र महामन्त्रीलगायत अन्य पदको गणना सुरु हुन बाँकी छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदका उम्मेदवारलाई आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। उक्त छलफलपछि बाँकी पदको मतगणना अघि बढाउने तयारी गरिएको छ।

शुक्रबार मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भएको गणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको थियो। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाउँदा ५४ मत बदर भएको थियो ।

महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए । अब बाँकी पदाधिकारीको मतपरिणाम सार्वजनिक हुन बाँकी छ।