काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ भने चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो। आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो।
यता चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँ घटेको छ। बुधबार ४ हजार ४२५ रुपैयाँमा रहेको चाँदी आज ४ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्