Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


भन्सार छली ल्याइएका ११ लाख बढीका कपडा बरामद


78
Shares

हरि शर्मा, नवलपरासी । नवलपरासी प्रहरीले भन्सार छली ल्याएर घरमा गोदाम गरी राखिएका ११ लाख ६८ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ।

सुस्ता गाउँपालिका–१ रुपैयालियाका महेन्द्र चौधरीको घरको भान्छा कोठामा गोदाम गरी राखिएका कपडा प्रहरीले बरामद गरेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले ती कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो।

बरामद गरिएका कपडामा साडी, कुर्था सुरुवाल, लेडिज टिसर्ट, पुरुष सेरवानी कुर्था, लुङ्गी तथा सुतीका कपडा रहेका छन्।

प्रहरीका अनुसार बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ।