Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


वर्षाले कांग्रेस महाधिवेशन प्रभावित


39
Shares

काठमाडौं । वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारका निर्धारित कार्यक्रम प्रभावित भएका छन्।

पार्टीका पदाधिकारीसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएपछि निर्वाचन समितिले दाबी विरोधको प्रक्रिया अघि बढाएको थियो। यही क्रममा वर्षा भएपछि महाधिवेशनस्थलमा सहभागी प्रतिनिधि तथा उम्मेदवारका समर्थकहरू प्रभावित भएका छन्।

वर्षाका कारण निर्वाचनस्थल र बन्दसत्र हुने स्थानमा रहेका प्रतिनिधिहरू तथा समर्थकहरू छरिएर बसेका छन्। निर्वाचन समितिले बुधबार बिहान प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरेको थियो। त्यसपछि केही समयमै दाबी विरोधको प्रक्रिया सुरु गरिएको हो।

यता, वर्षाका कारण बन्दसत्र भने निर्धारित समयमा सुरु हुन सकेको छैन। बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउँदै बिहीबार हुने मतदानका लागि आवश्यक तयारी पूरा गर्ने कार्यतालिका पनि रहेको छ।