Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


कांग्रेस महाधिवेशन: बन्दसत्रमा आज प्रतिवेदन पारित गरिँदै


65
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज पनि बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल जारी रहेको छ।

महाधिवेशनमा पार्टी सभापति तथा अन्य नेताहरूले प्रस्तुत गरेका राजनीतिक, समसामयिक, संगठनात्मक र आर्थिक विषयसँग सम्बन्धित प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले आफ्ना धारणा राखिरहेका छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । त्यस्तै उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव पेश गर्नुभएको थियो।

महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गर्नुभएको छ।

आजको बन्दसत्रबाट ती सबै प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ। छलफलमा सात प्रदेशका प्रतिनिधिहरूसँगै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।