Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


कांग्रेस महाधिवेशन: आज बन्दसत्र र उम्मेदवारी दर्ता सुरु हुँदै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र र निर्वाचन कार्यक्रम सुरु हुँदैछन्। काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित अन्य प्रतिवेदनमाथि छलफल हुने भएको छ।

आजै नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रिया पनि अघि बढाइनेछ। निर्वाचन कार्यक्रमअनुसार दिउँसोदेखि विभिन्न पदका उम्मेदवारको मनोनयन दर्ता सुरु हुनेछ।

आइतबार उद्घाटन भएको महाधिवेशनमा बन्दसत्र र निर्वाचन प्रक्रियालाई आजदेखि निरन्तरता दिन लागिएको हो।