Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’ सार्वजनिक (भिडियाेसहित)


0
Shares

काठमाडौं । परदेशमा रहेका नेपालीको पीडा, संघर्ष र मातृभूमिप्रतिको मायालाई समेटिएको गीत ‘देशै पियारो’ सार्वजनिक भएको छ।

काशीराम भण्डारीको प्रस्तुतिमा रहेको गीत शनिबार भण्डारीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा परदेशमा रहेर परिवारको भविष्यका लागि संघर्ष गरिरहेका नेपालीको जीवनसँगै गाउँघर, आफ्ना मान्छे र जन्मभूमिको सम्झना प्रस्तुत गरिएको छ।

गीतमा सरोज बिरही कार्कीको स्वर तथा संगीत संयोजन रहेको छ भने मिक्सिङ मनोज परियारले गरेका छन्। मिलन श्रेष्ठको निर्देशनमा बनेको म्युजिक भिडिओमा काशीराम भण्डारी र समीक्षा सापकोटा मुख्य भूमिकामा छन्।

नेपाल कल्याण समाज जापानका वरिष्ठ उपाध्यक्षसमेत रहेका भण्डारीले ‘देशै पियारो’ मार्फत परदेशी जीवनको भौतिक संघर्षसँगै मनभित्र सधैँ जीवित रहने गाउँ, आफ्ना मान्छे र माटोको मायालाई प्रस्तुत गरेका छन् ।