Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


कांग्रेस महाधिवेशनमा शीर्ष नेताको सहभागिता, को–को पुग्दैछन् ?


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिए पनि सबै दलका प्रमुखहरू सहभागी नहुने भएका छन्।

कांग्रेसका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयं सहभागी भएर शुभकामना दिने कार्यक्रम छ। नेकपा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल सहभागी भई मन्तव्य राख्ने भएका छन्।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा स्वयं सहभागी हुने भएका छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने सहभागी नहुने भएका छन्। उहाँको प्रतिनिधित्व पार्टीका सहअध्यक्ष शरतसिंह भण्डारीले गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

Skip This