Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


भारतविरुद्ध ब्राजिलको शानदार जित


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले भारतमाथि ४–० गोलको शानदार जित निकालेको छ।

शनिबार कोलकातास्थित युवा भारती रंगशालामा भएको खेलमा ब्राजिलले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। खेलको २८औँ मिनेटमा एस्टेभाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। त्यसको १४ मिनेटपछि पेड्रोले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पनि ब्राजिलले आक्रामक खेललाई निरन्तरता दियो। खेलको ५८औँ मिनेटमा सामुएल लिनोले पेनाल्टी क्षेत्रको बायाँ भागबाट उत्कृष्ट घुमाउरो प्रहारमार्फत गोल गरेपछि ब्राजिल ३–० ले अघि बढ्यो।

निर्धारित समय सकिएपछि थपिएको चौथो मिनेटमा लिनोले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको जित ४–० ले सुनिश्चित गरे।

भारतका गोलरक्षक गुरप्रीत सिंह सन्धुले ब्राजिलका आक्रमण रोक्न निकै प्रयास गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यस जितसँगै ब्राजिलले आफ्नो पहिलो भारत भ्रमणलाई सुखद बनाएको छ।

Skip This