Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


शेयर बजार फेरि ओरालो, ४ अर्ब ६५ करोड बराबरमा किनबेच


0
Shares

काठमाडौं ।

साताको दोस्रो दिन पनि शेयर बजार ओरालो लागेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर २६ सय ३ मा आएर राेकिएकाे छ ।

सुरुवाती समयमा केही सकारात्मक रहेको नेप्से उतार चढावहुँदै २५ सय ८८ सम्म झरेर अन्तिममा २६ सय हाराहारीमा आएर राकिएकाे हाे । अधिकांश समूह ओरालो लाग्दा साढें ४ अर्बमाथिको कारोबार भयो ।

निर्जीबन बीमा र अन्यबाहेक बाँकी समूह ओरालो लागेका छन् । व्यापार समूहमा सबैभन्दा उच्च झण्डै २ प्रतिशतले गिरावट आउँदा अरु धेरैजसो समूह दोहोरो अंकले ऋणात्मक रहेकाे छ । घटेको बजारमा पनि आईसीएफसीको ऋणपत्रका लगानीकर्ताले ९ प्रतिशत कमाएका छन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ६३ स्टकको १ करोड १० लाख कित्ता शेयर ४ अर्ब ६५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय ९९ कम्पनीको मूल्य घट्दा जम्मा ६९ को बढेकाे छ ।

Skip This