Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


१६ वर्षमुनिका शिभाली र स्वस्तिका जापानको जोडीसँग पराजित


0
Shares

काठमाडाैं ।
नेपालका शिभाली गुरुङ र स्वस्तिका बिष्टको जोडी जारी २० औं एशियाली खेलकुदको टेनिसमा पहिलो चरणमा खराब नतिजासँगै बाहिरिएको छ ।

हिगासियामा पार्क टेनिस सेन्टरमा सोमवार भएको महिल डबल्समा शिभाली र स्वस्तिका आयोजक जापानका मोमोको कोबोरी र अयानो सिमिजुसँग सोझो सेटमा पराजित भए । विश्व वरियताका सिनियर खेलाडीहरुसँगको प्रतिस्पर्धामा नेपाली किशोरीहरू ६–०, ६–० को सोझो सेटमा निराश भएका थिए ।

प्रतियोगिताकै सबभन्दा कम उमेरकी खेलाडीमध्येकी एक सिवाली १५ तथा स्वस्तिका १६ वर्षका भए । दुवैले एशियाका उच्च वरीयता प्राप्त खेलाडीविरुद्ध चुनौती दिने प्रयास गरे पनि सफल भएनन् । सिवाली महिला एकल, मिक्स डबल्स र महिला डबल्स तीनवटै इभेन्ट्समा पराजित भइसकेकी छिन् ।

जारी एसियाडमा अब इउनको चुनौती यो हारसँगै सकिएको छ । स्वस्तिकाले भने भोली मंगलबार निसान श्रेष्ठसँग मिक्स्ड डबल्समा प्रतिष्पर्धा गर्नेछिन् । पहिलो चरण बाई पाएका प्रदीपले दोस्रो चरणमा थाइल्याण्डका कासिदित सामरेजसँग खेल्नेछन् । यसैगरी पहिलो चरण बाई पाएका अभिशेकले दोस्रो चरणमा कजाकस्तानका एलेक्जेण्डर सेभचेन्कोसँग खेल्नेछन् । जारी एसियाली खेलकुदमा टेनिसतर्फ नेपालको एक मात्र जित पुरुष डबल्समा आएको छ ।

जहाँ अभिशेक बास्तोला र प्रदीप खड्काले पहिलो चरणमा मंगोलियाका प्रतिद्वन्द्वीलाई हराए । अब यो जोडीले मंगलबार पुरुष डबल्समा भारतका अनिरुद्ध चन्द्रशेखर र नारायणस्वामी बालाजीसँग खेल्ने तालिका छ । मिक्स डबल्समा नेपालका स्वतिस्का र निसान श्रेष्ठको जोडीले इन्डोनेसियाका रुङकाट क्रिस्टोफर र सुत्जियादी अल्दिलासँग खेल्नेछ ।

Skip This