Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


विनाकारण भीआईपी पक्राउ गर्दै गए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ: प्रचण्ड


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ।

सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ शैलीमा सरकार अघि बढ्न खोजे त्यसको परिणाम सरकारकै लागि घातक हुने बताउनुभयो।

यस्ता घटना दोहोरिन नदिन उनले सरकारको ध्यानाकर्षण गराउनुभयो। सुरक्षा थ्रेटको कारण देखाएर पक्राउ गरिएको विषय सामान्य नागरिकले समेत बुझ्ने किसिमको बहाना भएको उहाँको दाबी थियो। साँच्चिकै सुरक्षा जोखिम रहेको भए पक्राउ गर्नुभन्दा घरमै सुरक्षाकर्मी बढाउनुपर्ने उहाँको भनाइ थियो।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले समसामयिक विषयमा स्वाभाविक रूपमा धारणा राखेको प्रचण्डले बताउनुभयो। प्रधानमन्त्रीले महासभामा अहिले बोल्नुपर्ने विषय नै उठाएको भन्दै उहाँले त्यसलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको बताउनुभयो। प्रधानमन्त्री बालेनको ठाउँमा जो भए पनि त्यही विषय उठाउने उहाँको भनाइ थियो।