काठमाडौं ।
चार दिनदेखिको अविरल वर्षा र बाढीले विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुर्याएको छ ।
नदीहरुमा बढेको अत्यधिक बहाव र बाढीका कारण देशभर साढे तीन सय मेगावाट विद्युत् क्षमतका आयोजनाबाट उत्पादन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बाढीका कारण कालीगण्डकी करिडोरको प्रसारण लाइन अवरुद्ध हुँदा उक्त लाइनमार्फत प्रवाह हुने १३ वटा आयोजनाको ३७० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
तर यो करिडोरमा प्रसारण लाइन मर्मत हुने वित्तिकै आयोजना शुरु हुने बताइएको छ । यता, म्याग्दी र मुस्ताङका विभिन्न आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा साढे तीन सय मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ ।
उत्पादन ह्वात्तै घटेपछि विद्युत् आपूर्ति प्रणाली सन्तुलनमा राख्न उद्योगहरूको विद्युत् खपत घटाइएको पनि प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिरकणले क्षति पुगेका प्रसारणलाईनहरु यथाशीघ्र पुनस्थापना गरी अवरुद्ध भएका आयोजनाबाट उत्पादन थालिने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्