Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


होण्डाको चाडपर्व लक्षित आयाेजना : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका


0
Shares

काठमाडौं । नेपालीहरूको महान् चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. (पद्म ज्योति ग्रुप) ले ‘यो दशैं, आशाको सुरुवात’ नामक विशेष योजना सार्वजनिक गरेको छ।

चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत ग्राहकले होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

योजनाको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘सहयोगको संकल्प’लाई अघि सारेको छ। ‘होण्डा छ साथ साथ’ अफरअन्तर्गत हरेक हप्ता सातवटै प्रदेशबाट एक/एक जना गरी सात जना भाग्यशाली विजेता छनोट गरिनेछ। छनोट भएका ग्राहकले १ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्।

यस योजनालाई सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको कम्पनीले जनाएको छ। विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने होण्डा नेपालले विजेताले जितेको रकम बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ। यसमार्फत ग्राहकलाई पुरस्कार जित्ने अवसरसँगै विपद् प्रभावितहरूको सहयोगमा अप्रत्यक्ष रूपमा सहभागी गराउने उद्देश्य कम्पनीको छ।

कम्पनीले ग्राहकका लागि अतिरिक्त योजना पनि ल्याएको छ। यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र रोजाइअनुसार तीनमध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्। ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, सात वर्षसम्म निःशुल्क सर्भिसिङ वा पाँच वर्षको वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक सुविधा रोज्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रूपमा सहज बनाउन स्याकार हायर पर्चेज प्रा. लि. मार्फत फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइएको छ।

चाडपर्वको खुसीसँगै समाज र देशप्रतिको उत्तरदायित्वलाई समेत जोडेर ल्याइएको ‘यो दशैं, आशाको सुरुवात’ योजनाले ग्राहकमा सकारात्मक ऊर्जा थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

योजनाअन्तर्गत होण्डाका टु–ह्विलर खरिद गर्दा नियम तथा सर्तहरू लागू हुनेछन्। योजनाबारे थप जानकारीका लागि ग्राहकले नजिकको होण्डा शोरुममा सम्पर्क गर्न वा कम्पनीका टोल फ्री नम्बर १६६ ०० १ ४६६३२ तथा ९८०१५७११११ मा सम्पर्क गर्न सक्नेछन्।

Skip This