Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्राकृतिक उपचारमा बढ्दो आकर्षण, रजहरमा ६५ हजारभन्दा बढीले लिए सेवा


0
Shares

विवेक भण्डारी, नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट हालसम्म ६५ हजारभन्दा बढीले प्राकृतिक उपचार सेवा लिएका छन्। स्थानीय सेवाग्राहीसँगै देशका विभिन्न जिल्लाबाट उपचारका लागि बिरामी आउने क्रम बढेको चिकित्सालयले जनाएको छ।

प्राकृतिक उपचारप्रतिको आकर्षण बढ्दै गएपछि विदेशमा रहेका नेपालीसमेत उपचार तथा परामर्शका लागि चिकित्सालय पुग्ने गरेका छन्। चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाका अनुसार जापान, अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्डलगायत विभिन्न देशबाट समेत सेवाग्राही आउने गरेका छन्।

स्थानीयस्तरबाट सुरु भएको प्राकृतिक उपचार सेवा अहिले देशका विभिन्न क्षेत्र हुँदै विदेशमा रहेका नेपालीसम्म विस्तार भएको सापकोटाले बताउनुभयो।

चिकित्सालयमा माटो, जल र वायुको प्रयोग गरी प्राकृतिक विधिबाट उपचार गरिँदै आएको छ। प्राकृतिक चिकित्सा पद्धतिसँगै सेवाग्राहीको आवश्यकताअनुसार अत्याधुनिक फिजियोथेरापी सेवा पनि उपलब्ध गराउँदै आएको चिकित्सालयले जनाएको छ।