Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


अविरल वर्षाका कारण गैँडाकोट बोटेटोलका १८ घरधुरी विस्थापित


104
Shares

बिबेक भण्डारी, गैँडाकोट । अविरल वर्षासँगै नारायणी नदीको बहाव बढेपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–२ बोटेटोलका १८ घरधुरी विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाढीको जोखिम बढेपछि ती घरधुरीका १ सय १४ जनालाई सुरक्षित स्थानमा सारिएको हो।

प्रहरीले टोली परिचालन गरी विस्थापित परिवारलाई नजिकै रहेका आफन्तको घरमा व्यवस्थापन गरेको जनाएको छ।

स्थानीयवासीका सरसामानसमेत सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।

Skip This