Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने


962
Shares

काठमाडाैं । नेपाल र जापान बिचको खेल वर्षाका कारण रद्ध हुँदा २०औं एशियाली खेलकुदमा पुरुष क्रिकेटमा अंक बाँडेको छ ।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको नेपालले दोस्रो खेलमा अंक पाएपछि समूह विजेता बन्दै क्वार्टरफाइनलमा श्रीलंकासककंग भेट पक्का गरेको छ । खेल आगामी सेप्टेम्बर २९ तारिखमा हुनेछ । त्यसअघि शनिवार कोरोगी एथ्लेटिक पार्कमा भएको खेलमा नेपालको इनिङ सकिएपछि लगातार वर्षा हुँदा खेल रद्द भयो।

अंक बाँडिएसँगै नेपाल समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो । अब नेपालले श्रीलंकासँग सेप्टेम्बर २९ तारिखमा खेल्नेछ । जापान भने समूहचरणबाटै बाहिरियो । जापानले पहिलो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो । नेपालले भने शुक्रवार अफगानिस्तानमाथि पाँच विकेटको जित रचेको थियो ।

त्यो जित नै नेपालका लागि समूह विजेता भएर क्वार्टरफाइनलको यात्रा तय गर्ने बलियो माध्यम बन्यो । अफगानिस्तानले भने भारतसँग क्वार्टरफाइनल खेल खेल्नेछ । एशियाबाट आइसिसीको शिर्ष चार वरियता (भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश) ले सिधै क्वार्टरफाइनल खेल्दैछन् ।

नेपालले १२ वर्षपछि टेस्ट राष्ट्र अफगानिस्तानमाथि जित निकाल्दै राम्रो शुरुआत गरेको थियो । दोस्रो खेलमा पनि नेपाली टोलीले जापानलाई १५० रनको बलियो चुनौती दिँदै दोस्रो जित निकाल्ने लक्ष्य राखेको थियो । तर वर्षाकै १५ ओभरमा छोट्याइएको खेलमा जापानले इनिङ शुरुवात गर्न पाएन ।

नेपालको इनिङ सकिएपछि लगातार वर्षा भयो । मध्यक्रमका ब्याटर लोकेश बम र सन्दीप जोराको आक्रामक अर्धशतक प्रेरित नेपालले २० औं एशियाली खेलकुदमा जापानविरुद्ध चुनौतीपूर्ण लक्ष्य दिएको थियो । सन्दीप र लोकेशले अविजित अर्धशतक बनाउँदा नेपालले जापानलाई १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । खेलमा सुस्त शुरुवातका बाबजुद नेपालले विशाल योगफल खडा ग¥यो ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले ३२ बलमा ५७ रन जोडे । मध्य क्रमका ब्याटर लोकेशले २२ बलमा अविजित ५२ रन बनाए । सन्दीपको इनिङमा पाँच चौका र तीन छक्का रह्यो । लोकेशले ६ छक्का हिर्काउँदा एक चौका प्रहार गरे । ९.६ ओभरमा नेपाल ८४-४ को अवस्थामा थियो । तर लोकेश र सन्दीपले पाँचौं विकेटका लागि २५ बलमा ५० रनको साझेदारी गर्दै इनिङ उकासे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको शुरुवात राम्रो हुन सकेन । तेस्रो ओभरमा ओपनर कुशल भुर्तेल ४ रनमा नै पभेलियन फर्किए । २.२ ओभरमा नेपाल ७/१ को स्थितिमा थियो । तर दोस्रो विकेटका लागि ओपनर आसिफ शेख र सन्दीपबीच ३८ बलमा ५० रनको साझेदारीभयो ।

एकपल्ट जीवनदान पाएका आसिफ २१ रन बनाएर आउट भए । ३३ बल खेल्दै उनले समान एक चौका र छक्का प्रहार गरे । जापानले खराब फिल्डिङ गर्दै चार क्याच ड्रप ग¥यो । जापानको बलिङमा रिओ थोमस, इब्राहिम ताकाहासी, ज्याक नैन र डिक्लैन सुजुकीले समान एक विकेट लिए ।

Skip This