Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


परराष्ट्रमन्त्री खनाल र रोमानियाकी परराष्ट्रमन्त्री तोइउबीच भेटवार्ता


325
Shares

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल र रोमानियाकी परराष्ट्रमन्त्री ओआना–सिल्भिया तोइउबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको साइडलाइन भेटवार्तामा नेपाल–रोमानिया सम्बन्ध तथा पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको हो।

भेटवार्तामा दुवै परराष्ट्रमन्त्रीहरूले नेपाल र रोमानियाबीच बढ्दो द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ गर्ने विषयमा विचारविमर्श गर्नुभयो। आपसी लाभका विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने सम्भावनाबारे पनि छलफल भएको थियो।

सो अवसरमा जलवायु कार्यलगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए। साथै, पारस्परिक हित र साझा चासोका विषयमा आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।

Skip This