Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


559
Shares

काठमाडौं । ट्रकको ठक्करबाट बारामा स्कुटर चालकको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा मोरङ, लेटाङ–१ बस्ने अन्दाजी ३५ वर्षीय योगेन्द्र मगर छन् ।

जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु भएको हो । गएराति ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा टाउकोमा चोट लागेका मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएको थियो । उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ट्रकका चालक बारा, जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Skip This