Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


पशुपतिनाथले विश्वको कल्याण गरुन्, बुद्धको बाटोमा विश्व हिँडोस् : प्रधानमन्त्री शाह


286
Shares

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र मानव कल्याणको कामना गर्नुभएको छ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोड्नुभयो।

उहाँले भन्नुभयो, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’

पशुपतिनाथको आशीर्वाद र बुद्धले देखाएको शान्तिको मार्गलाई स्मरण गर्दै प्रधानमन्त्री शाहले आफ्नो महासभा सम्बोधन टुंग्याउनुभएको हो।