Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नारा र लोगो सार्वजनिक


117
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जालमार्फत महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो।

महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस—अबको विकल्प’ तय गरिएको छ।

यस्तै, सार्वजनिक गरिएको लोगोमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मका नेताहरूको तस्बिर समेटिएको छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ।

Skip This