सागर महत, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा परि सन्धिखर्क नगरपालिका८ काउलेचौपारी निवासी ३६ वर्षीय सुरज विश्वकर्मा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
सन्धिखर्कबाट किमडाँडातर्फ जाँदै गरेको लु ५ त ५५६ नम्बरको ट्र्याक्टर सडकबाट करिब १ सय ३० फिट तल खसेर दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी फलबहादुर तामाङ्ले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ।









प्रतिक्रिया दिनुहोस्