काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१ औं सत्रमा सहभागी हुन बुधबार अमेरिकाको न्युयोर्क पुग्नु भएको छ।
प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे हाे । नेपाली समय अनुसार शुक्रबार बिहान राष्ट्रसंघीय महासभाको ८१ औं सत्रलाई सम्बोधन गर्नुहुने भएकाे छ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको हाे।
विकसित तथा बढी कार्वन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपालजस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड छ। त्यस्तै, प्रधानमन्त्री शाहले भोटेकोशी बाढी-जलवायुजन्य विपद्, जलवायुजन्य क्षतिको क्षतिपूर्ति, आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपालजस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायत विषय महासभामा उठाउनुहुने हाे ।
प्रधानमन्त्री शाह शनिबार स्वदेश फर्कने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्