Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


सचेत भएर उडान भर्न संघको आग्रह


0
Shares

काठमाडौं । वायुसेवा सञ्चालक संघले पनि सचेत भएर उडानका लागि वायु सेवा कम्पनीहरुलाई अनुरोध गरेको छ ।

संघले जल तथा मौसम विज्ञान विभागको भारी बर्षाको सम्भावना अनुमानसंगै आफ्ना सदस्य वायुसेवा कम्पनीहरुलाई सचेत भएर पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै उडान सञ्चालन गर्न आग्रह गरेको छ ।

साथै, संघले कथमकदाचित बर्षाका कारण बाढी पहिरो तथा भूक्षयको जोखिम भएको खण्डमा उक्त क्षेत्रमा तत्काल उद्धार कार्य सञ्चालन गर्न पनि सदस्य वायुसेवा कम्पनीहरुलाई स्ट्याण्डबाई बसिदिन समेत परिपत्र गरिएको अध्यक्ष प्रतापजंग पाण्डेले उल्लेख गर्नुभएको छ ।