काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
बुधवार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले यस्तो बताउनुएको हो । उहाँले हिउँदयाममा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक उर्जाको खोजि भइरहेको समेत बताउनुभयो ।
उहाँले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीकमा आएको बाढीबाट क्षतिग्रस्त परियोजनाहरुलाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्य शुरु भइसकेको समेत जानकारी दिनुभयो ।
बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाणको लागि तत्कालीन र दीर्घकालिन रणनीति निर्माणमा जुट्ने समेत बताउनु भयो । उहाँले सुनकोशी–३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरिएको पनि बताउनु भयो । उहाँले बाढीका कारण चिलिमे हबमा हाल सञ्चालनमा रहेको १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा बाट बाहिर गएको छ । उहाँले नागरिकलाई सहज तथा गुणस्तरीय बिजुली वितरण गर्न आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो पहिलो निर्णय सुनकोशी–३ जलविद्युत् आयोजनाको डिटेल डिजाइन र यसको इन्जिनियरिङ स्टडीको लागि एउटा कमिटी गर्ने भएको छ । यो कमिटी छिट्टै गठन गर्छौं । १० भदौको रसुवाको भोटेकोशी बाढीले राज्य र नेपा विद्युत प्राधिकरणलाई पनि ठूलो क्षति पु¥याएको छ । हामीले यसबाट हामी उठ्नको लागि तत्कालीन र दीर्घकालीन योजना बनाइरहेका छौँ । शुरुमा त अहिले क्षति भएका ट्रान्समिसनलाई नै पुनःस्थापना गर्ने नै हो । अहिले चल्न सक्ने प्लान्टहरु चिलिमे हबमा मात्र १ सय ३५ मेगावाट रहेको छ ।
अन्य दुई चार वटा हाइड्रो पावर प्लान्ट्स, राष्ट्रिय प्रणालीमा जोड्ने नै हाम्रो सबभन्दा पहिलो टार्गेट हुनेछ । यसको लागि प्राधिकरणले काम पनि गरिसकेको अवस्था छ । हाइड्रोपावरमा भएको डेब्रिजहरु सफा गर्ने, त्यो डेब्रिज सफा गरिसकेपछि त्यसको चाहीँ ड्यामेज एसेसमेन्ट गरेर चाहीँ त्यसलाई पुनः निर्माणको योजना चाहीँ अगाडि बढाउने भन्ने नै हाम्रो रणनीति रहेको छ । हामीले हिउँदमा विद्युत आपूर्ति सहज बनाउनको लागि विकल्प समेत सोचिरहेको अवस्था छ ।
यसको लागि उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले टास्क फोर्स नै गठन गरेको छ । हामी जाडोयाममा विद्युत आपूर्तिमा समस्या आउन दिँदैनौँ । जनतालाई सेवा सुविधा, र गुणस्तरीय बिजुली दिने कुरा नै मेरो प्राथमिकतामा रहन्छ ।’
उहाँले बुधवार बिहान मात्र पद तथा गोपनियताको शपथ लिनुभएको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले बुधवार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराउनुभएको थियो । असोज २ मा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्