Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


नेकपा सांसद बुढामगरको सरकारलाई प्रश्नः ‘सामाजिक सञ्जालमा पोस्ट गर्दैमा देश बन्छ ?’


0
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभएको छ।

प्रतिनिधि सभाकाे बुधबार बसेकाे बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सामाजिक सञ्जालमा गरिने चर्चा भन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताउनुभएको हो । सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दल संवद्ध युवा संगठनका सदस्यहरू शुरुदेखि नै उद्धार र राहत वितरणमा सक्रिय रहेको स्मरण गराउनुभयो।

उहाँले युवाहरूले फेला पारेको सुनसहितको धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमान्दारिताको नमूना प्रश्तुत गरेको समेत उल्लेख गर्नुभएकाे छ। सांसद बुढामगरले विगतमा ‘शहीद मार्ग’ निर्माण गर्दा जनताले आफ्नै पाखुरीको बलमा काम गरेको स्मरण गर्दै सोही संस्कारलाई पुनः ब्युँत्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै सोही शक्तिलाई राष्ट्र निर्माणका काममा परिचालन गर्न आग्रह गर्नुभएके छ।

सांसद बुढामगरले विपद्को यस घडीमा केवल राहतको पर्खाइमा बस्नेभन्दा पनि सामूहिक जनश्रमदानमार्फत भत्किएका संरचनाहरूको पुनर्निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयाे । उहााले संसद र सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ।

Skip This