Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


रेशम चौधरीको कैद माफिको निर्णय सर्वोच्चबाट सदर


299
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो ।

चौधरीको कैद सजाय मिनाहा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट निवेदन पनि इजलाशले खारेज गरिदिएको छ । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको घटनामा कैलाली जिल्ला अदालत हुँदै सर्वोच्च अदालतसम्मले चाैधरीलाई जन्मकैदको सजाय सुनाएका थिए ।

तर राष्ट्रपति पौडेलले रेशम चौधरीलाई तोकेको जन्मकैदको फैसला सदर हुने भनी सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ तयार नहुँदै संविधानको धारा २७६ अनुसार २०८० सालको गणतन्त्र दिवसको अवसरमा चौधरीलाई माफी दिने निर्णय गर्नुभएको थियो ।

Skip This