Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्युयोर्क जाँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई अशाेज ८ गते सम्बोधन गर्ने

0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार न्युयोर्क जानुहुने भएकाे छ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभा भाग लिन न्युयोर्क जान लाग्नुभएकाे हाे। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका प्रधानमन्त्री शाहले न्युयोर्कमा हुने महासभालाई यहि असोज ८ गते सम्बोधन गर्नुहुने भएकाे छ।

उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग साइडलाइन वार्ता गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे हाे। राष्ट्रसंघीय महासभामा सहभागी भएर प्रधानमन्त्री शाह असोज १० मा स्वदेश फर्कने कार्यक्रम रहेकाे छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क पुगिसकेको हाे।