Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच न्युयोर्कमा शिष्टाचार भेटवार्ता

भेटवार्ता द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने बारेमा केन्द्रित

195
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्युयोर्कमा भएको भेटमा नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो । भेटमा दुवै नेताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए ।

साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको हाे । नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तन सम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन् ।