Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रतिनिधि सभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित-)

बैठकमा अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष विधेयक प्रस्तुत गर्दै

65
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ।

संसद सचिवालयले सिंहदबारमा मंगलबार दिउँसो १ बजे बस्ने जनाएकाे हाे। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

साथै यस अघि साेमबार बसेकाे प्रतिनिधि सभाको बैठकले रसुवा भाेटेकाेशी र त्रिशूली विपदकाे सम्बन्धL १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेकाे थियाे। बैठकले राष्ट्रिय सेवा दल विधेयक पनि पारित गरेकाे थियाे ।

Skip This