Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


कर्णाली प्रदेशमा गत भदौमा १२९ फरार प्रतिवादी प्रहरीकाे नियन्त्रण


39
Shares

काठमाडाैं । कर्णाली प्रदेशमा गत भदौ महिनामा १ सय २९ फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीको मासिक विवरण अनुसार गत भदौमा १ सय २९ जना प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ५ महिला र १ सय २४ पुरुष रहेका छन्। यस्तै, फैसला कार्यान्वयनतर्फ थप ४३ जना पक्राउ परेका हुन्। उनीहरूबाट १२ वर्ष ७ महिना कैद तथा ७ लाख १ हजार ३१ रुपैयाँ जरिवाना कार्यान्वयन भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धानसँगै फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिएकाे जनाएकाे हाे। सम्भावित आपराधिक गतिविधि र शान्ति सुरक्षासम्बन्धी घटनालाई मध्यनजर गर्दै सूचना संकलन, विश्लेषण र आवश्यक सुरक्षा योजना बनाउने काम भइरहेको प्रहरीले बताएकाे छ।

भदौमा कर्णाली प्रदेशमा जघन्य तथा गम्भीर अपराधका ४५ मुद्दा दर्ता भएकामा २६ वटा फर्छ्योट भएका हुन् । १९ वटा अनुसन्धानका क्रममा रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १२ मुद्दा दर्ता भएकामा ६ वटा फर्छ्योट र ६ वटा अनुसन्धानमा रहेका हुन् ।

आर्थिक अपराधका २८ मुद्दा दर्ता भएकामा तीनवटा फर्छ्योट भएका छन् । साथै २५ वटा अनुसन्धानकै क्रममा रहेका हुन्। त्यस्तै, लागू औषधका १५ मुद्दा दर्ता भएकाे समेत प्रहरीले जनाएकाे छ।