Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


महिला भलिबल : नेपाल हङकङसँग पराजित


234
Shares

काठमाडाैं ।

जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।

हङकङले नेपालमाथि पहिलो सेटमा २५-२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५-१९ ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८-२६ को जित निकाल्यो । अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ ।