Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिंदै केन्द्रीय कमिटीमा लैजाने एमाले बैठककाे निर्णय


0
Shares

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।

च्यासलस्थित पार्टी कार्यालयमा साेमबार सम्पन्न बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय समितिमा प्रश्तुत गर्ने निष्कर्ष निकालेको हो। पार्टीको केन्द्रीय कमिटी बैठकका लागि एजेण्डाहरू तय गर्दै कार्यदलको प्रतिवेदनलाई सोही समितिमा लैजाने निर्णय पनि गरेको छ। एमालेका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची तयार पारेको हाे।

उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदन लगायतका विषयहरू समावेश छन् । पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूकाे बारेमा उपमहासचिव भट्टले कार्यदलको काम सकिएको बताउनुभएकाे छ। प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय समितिमा लैजाने प्रक्रिया शुरु भएको उपमहासचिव भट्टले बताउनुभयो।

पार्टी अध्यक्षको रिजर्भेसन (विमत) का बारेमा सोधिएको प्रश्नमा उपमहासचिव भट्टले विशेष महाधिवेशन तथा नेतृत्व परिवर्तन जस्ता विषयहरूमा पहिले नै सहमति भइसकेको र अहिले त्यसमा कुनै विवाद नरहेको स्पष्ट पार्नुभएकाे छ। २९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको सन्दर्भमा उहाँले अब त्यसमा थप बहसको आवश्यकता नरहेको संकेत गर्नुभयो।

उपमहासचिव भट्टले केन्द्रीय समितिमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आवाज उठाउने तयारी गरिरहेको सन्दर्भमा बैठकको थप प्रक्रिया र त्यहाँ हुने बहसका आधारमा नै आगामी रणनीति तय हुने बताउनुभएकाे छ।