एजेन्सी । अमेरिकाले इरानसँगकाे जारी युद्धमा खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर अर्थात ६६ खर्ब ७५ अर्ब रुपैयाँ भन्दा बढी पुगेको जानमारी गराएकाे छ ।
अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यहि सेप्टेम्बर ३ सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको हाे । अमेरिका र इजरायलले गत फेब्रुअरी २८ तारिखमा इरानविरुद्ध सैन्य कारबाही शुरू गरेयता युद्धको आर्थिक भार निरन्तर बढिरहेको छ। पछिल्लो अनुमानले केही हप्तामै अमेरिकी सैन्य खर्च उल्लेखनीय रूपमा बढेको देखाएको हाे ।
यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालयले अगस्ट १ सम्ममा इरान युद्धमा ३८ अर्ब अमेरिकी डलर खर्च भइसकेको अनुमान सार्वजनिक गरेको थियो । युद्धको तीव्रता कायम रहेमा हरेक महिना करिब ३ अर्ब अमेरिकी डलर वा त्यो भन्दा बढी खर्च हुन सक्ने पनि कार्यालयले जनाएको थियो ।
पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कूल खर्च मध्ये सबै भन्दा ठूलो हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ । हतियारको खर्च मात्रै २८ अर्ब १० करोड अमेरिकी डलर पुगेको हाे। गत अगस्ट १ तारिखसम्मको अघिल्लो अनुमानमा हतियारका लागि २१ अर्ब ७० करोड डलर खर्च भएको उल्लेख थियो ।
त्यसको तुलनामा पछिल्लो अनुमानमा हतियारको खर्च ६ अर्ब ४० करोड डलरले बढेको छ ।









प्रतिक्रिया दिनुहोस्