Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


एमालेको पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालय बैठक आज बस्दै


130
Shares

काठमाडौं । नेकपा एमालेको पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आइतबार बस्दैछ।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले कार्यदलको बैठक आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जानकारी दिनुभएकाे हाे। त्यस्तै, केन्द्रीय सचिवालयको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको समेत उहाँले बताउनुभएकाे छ।

प्रमुख आचार्यले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको बताउनुभयाे। केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते ललितपुरको भनिण्डलस्थित रामबाग महलमा बस्ने उहाँकाे भनाइ छ।

Skip This