काठमाडौं । नेपालले एशियाली खेलकुदको महिला भलिबलतर्फ समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बिहीबार इन्डोनेसियाको सामना गर्ने भएकाे छ।
समूह ‘ए’ अन्तर्गतको यो खेल कोमाकी, आइचीस्थित ‘कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा बिहीबार अपराह्न ४ बजेर ५ मिनेट जाँदा खेल शुरु हुने भएकाे हाे। नेपाललाई अघिल्लो चरणको सम्भावना कायमै राख्न यो खेल जित्नै पर्ने दबाब छ । इन्डोनेसियासँगको खेल गुमाए नेपालको यात्रा समूह चरणमै सीमित हुने भएकाे हाे।
इन्डोनेसिया पनि नेपाललाई पराजित गर्दै अघिल्लो चरणमा स्थान निश्चित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएकाे छ। इन्डोनेसियाको यो पहिलो खेल हो । नेपाल पहिलो खेलमा घरेलु टोली जापानसँग सोझो सेटमा पराजित भएको थियो।
जापानले बुधबार सम्पन्न एकतर्फी खेलमा २५–८, २५–१२, २५–११ ले आफ्नो पक्षमा पारेको थियो ।









प्रतिक्रिया दिनुहोस्