Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतकाे अफगानिस्तानमाथि सहज जित


260
Shares

काठमाडौं । भारतले अफगानिस्तानलाई पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेकाे छ।

नयाँ दिल्लीको अरुण जेट्ली रंगशालामा भएकाे खेलमा अफगानिस्तानले दिएको १ सय ५७ रनको लक्ष्य भारतले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ८२ रन बनाएका छन् । उनले ७ चौका र ७ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, इशान किशनले ३३ बलमा ४२ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले ६४ रन र मोहम्मद नाबीले ३३ रन जोडेका थिए। भारतका अर्शदीप सिंहले ३ विकेट लिएका हुन् ।

अफगानिस्तानका नाबीले भारतका २ विकेट लिएका छन् । अभिषेक शर्माको आक्रामक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै तीन खेलको शृङ्खलामा अग्रता लिएको हाे । तीन खेलको टी–२० श्रृंखला अन्तर्गत दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुने भएकाे छ ।