काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व साेमबार महादेवको पूजा आराधना गरी मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेकाे हाे। आइतबार दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व यस वर्ष ऋषि पञ्चमीसँगै समापन हुने भएकाे छ। तीजको अवसरमा पशुपतिनाथसहित देशैभरका शिव मन्दिरमा साेमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन ।
साेही अवसरमा पशुपति क्षेत्रमा साेमबार बिहानैदेखि भक्तजनको भीड लागेको हाे । पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन् । साेमबार ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ । हालैको रसुवाकाे भोटेकोशी बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको हाे।
साेमबार तीज मनाउन महिलालाई बिदा दिइएको छ । दर खाएपछि यस दिन तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूको सुझाव छ । आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान चिकित्सकहरूले सुझाव दिएका हुन् ।
निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने सकिने धर्मशास्त्रमा समेत उल्लेख गरिएकाे हाे।
स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराज स्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेकाे छ ।









प्रतिक्रिया दिनुहोस्