काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताउनुभएको छ।
काठमाडौंमा आइतबार आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले यस्ताे बताउनुभएकाे हाे।जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको र मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्नुभयाे। विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताउनुभएकाे छ । उहाँले जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दावी गर्नुभयो ।
अध्यक्ष लिङदेनले राजनीतिक परिस्थितिमा झन् तरलता बढेको र मुलुकको भविष्यकाे बारेमा अनिश्चय समेत गहिरिँदै गएको बताउनुभएकाे छ । उहाँले जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अघि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन नसकेको बताउनुभयाे।









प्रतिक्रिया दिनुहोस्