एजेन्सी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ।
अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन १० लाख डलर स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो । याेसँगै अमेरिकाले हालसम्म कूल ५० लाख डलरभन्दा बढीको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जानकारी गराएकाे छ।
विदेश मन्त्रालय एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएकाे हाे। अमेरिकी सहायताअन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको छ । यस सहायताबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन भोजन उपलब्ध गराइने जनाइएकाे हाे।
सम्पर्कविहीन बनेका दुर्गम समुदायसम्म पुग्न हवाई तथा स्थल यातायातको प्रयोग गरी मानवीय सहायता आपूर्ति शृंखलामा देखिएका अवरोध हटाउने प्रयास भइरहेको विदेश मन्त्रालयले जारी गरेको जारी विज्ञप्तिमा भनिउकाे छ।









प्रतिक्रिया दिनुहोस्